काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

काठमाडाैं | मंसिर १४, २०८०

काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

 

महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे  विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

 

सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।

 

उनीहरू १ वर्षीय  बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ।
 

उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए। एम्बुलेन्सका महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।

 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्